कर्णाली प्रदेशका सबै कारागारमा एकै दिन पुस्तकालय स्थापना गरिने

सुर्खेत, ३० पौष ।
कर्णाली प्रदेशका सबै जिल्लाका कारागारहरुमा आगामी फागुन १२ गते एकै दिन पुस्तकालयको स्थापना गरिने भएको छ । प्रदेश प्रहरी कार्यालयको अगुवाईमा सुरु भएको कारागारलाई किताब अभियान अन्र्तगत शिक्षा दिबसको अबसर पारी पुस्तकालय स्थापना तथा उद्घाटन गर्ने तयारी गरिएको प्रदेश प्रहरी प्रमुख महेशबिक्रम शाहले जानकारी दिए ।

उनका   अनुसार  प्रदेशका सबै  जिल्लाहरुमा  अभियान अन्र्तगत  उपसमितिहरु  पनि गठन     गरिएको छ । फागुन १२ मै पुस्तकालयको उद्घाटन गर्ने गरी तयारी तिब्र पारिएको छ, उनले भने, सबै जिल्लामा एकै पटक पुस्तकालयको उद्घाटन गरिनेछ । सबै जिल्लाको उद्घाटन कार्यक्रममा लेखक तथा कलाकारहरुको पनि सहभागिता रहने उनले जानकारी दिए ।

आइतबार बसेको कारागारलाई किताब अभियान समितिको बैठकले सदस्यहरुलाई जिल्लागत रुपमा समन्वयकर्ताको जिम्मेवारी समेत दिएको छ ।

जसअनुसार समितिको उपसंयोजक तथा किर्डाक नेपालका कार्यक्रम संयोजक शुसिला श्रेष्ठलाई सुर्खेत, प्रतिमा परियारलाई जुम्ला, दुर्गा गाहालाई कालिकोट, लक्ष्मी भण्डारीलाई सल्यान, सीता वलीलाई हुम्ला, ज्योती कटुवाललाई दैलेख, कमल भुषाललाई डोल्पा, ओमप्रकाश थापालाई मुगु, निर्मला खत्रीलाई पश्चिम रुकुम, यज्ञ खत्रीलाई जाजरकोट जिल्लाको जिम्मेवारी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *