सामाजिक अभियानमा आमा समुह


सुर्खेत, ७ माघ ।
गाउ गाउमा आमा समुह गठन भएका छन् । विभिन्न सहकारी वा अन्य संघसंस्थाबाट समुह गठन गरिएपछि त्यस्ता समुहहरु समाज विकासको अभियानमा लागेका छन् । समुहमा आबद्ध भएपछि सामाजिक विकृती विरुद्ध छलफल गर्ने, बचत गर्ने तथा आयआर्जनको काममा सकृय रहेको सदस्यहरुले बताए ।

समुहका सदस्यहरु सामाजिक विकृती विरुद्ध छलफल गर्ने मात्रै नभएर विकृती न्युनिकरण गर्नमा पनि लागेका छन् । स्वावलम्बन बेलचौर आमा समुहमा सदस्य बनेर छलफल गर्दा आफ्नो नेतृत्व क्षमतामा विकास भएको समुहकी अध्यक्ष निर्मला दर्लामीले बताइन् । समुह गठन भएको १२ वर्षमा समुह संगै हरेक सदस्यको क्षमता विकास भएको अध्यक्ष दर्लामीले जनाइन् । समुहमा बराहताल गाउ“पालिका ८ बेलचौरका ३९ जना सदस्य छन् । अहिले हरेक सदस्य सामाजिक विकृती विरुद्ध लागेको सदस्यहरु बताउ“छन् । उनीहरुले समुहमा मिलेर विभिन्न आयआर्जनका काम गरिरहेको जनाए ।

अहिले समुहका सबै सदस्यहरुले गाउ“पालिकाको सहयोगमा आलु खेती गरेको बताए । सबैजना मिलेर ३९ क्वीनटल आलु लगाएको समुहकी अध्यक्ष दर्लामीले बताइन् । ‘समुहमा बालविवाह, बहुविवाह, घरेलुहिंसा, छुवाछुत विरुद्ध छलफल गर्छौ“, हामीले तीन वटा बहुविवाह रोकेका छौ,’ उनले भनिन्, ‘यो नै हाम्रो ठुलो उपलब्धि हो ।’
पोषण सम्बन्धि छलफल गर्न १० वर्ष अघि जम्मा भएको सानो समुह, अहिले फुलबारी स्वावलम्बन आमा समुहमा रुपान्तरण भएको छ । वीरेन्द्रनगर १४ मा रहेको यो समुहले सामाज विकासको अभियान संगै आर्थिक विकासलाई जोड दिएको समुहकी सचिव देवकुमारी महतराले बताइन् । सुरुवातमा सदस्यहरुले महिनाको पा“च रुपैया“ बचत गर्थे अहिले मासिक ५० रुपैया बचत गर्छन् ।

त्यस बेला ९ जना सदस्य थिए अहिले समुहमा ३० जना सदस्य छन् । ‘हामीहरुले सरसफाई, छुवाछुत, घरेलुहिंसा, बाल र बहु विवाहको असरबारे छलफल गर्छौ“, सबै सदस्यले एउटा एउटा सीप गरेका छौ,’ महतराले भनिन्, ‘समुहमा मासिक बचत गरेको पैसाले सीप सिकेर अहिले आफै कमाउन सक्ने भएका छौ“ ।’
सामाजिक विकृती संगै रोगले पनि समाजलाई पछि पार्ने भन्दै घर देखी समाज सरसफाईको अभियानमा लागेको समुहकी अध्यक्ष लीला आचार्यले बताइन् । समुहमा परिचय दिन असजिलो मान्ने सदस्यहरु पनि अहिले धेरै जनाअघि बोल्ने बानी विकास भएको अध्यक्ष आचार्यले जनाइन् ।
समुहकी सदस्य साबीत्रा रोकायले आमा समुहमा बचत गर्न थालेपछि  आयआर्जनमा  अग्रसर भएको बताइन् । ‘बचत गर्न पनि अरुसंग माग्नुभन्दा आफैले कमाउने सोचे,’ रोकायले भनिन्, ‘अहिले आफैले कटेज चलाउछु ।’ समुहमा आफु मात्रै नभएर अरु सदस्यहरु पनि आयआर्जनमा रहेको उनी बताउ“छिन् । समुहबाट तालिम लिएपछि कोही भैंसी पालन, कोही कुखुरा पालन जस्ता ब्यवसायमा रहेको सदस्य रोकायले बताइन् । (कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *