Thursday, April 18, 2019

बुवा मलाइ यो दशैमा के किनेर ल्याइदिनुहुन्छ ? तल्लो घरको रिता जस्तै फरीया किनेर ल्याइदिनुनी है । रिताको घरमा त ठुलो बोका पनि ल्याइसक्यो हाम्रो घरमा कहिले ल्याउने ? बुवा जसरी पनि ल्याउनु पर्छ है हाम्रो घरमा पनि । यस्तै यस्तै पाराले सताइ राख्थे बुवालाइ । यो साल पनि दशै आयो तर बुवालाइ भनिन यस्तो […]

Read More

प्रकाशचन्द्र परियार राजनीतिमा असल र सक्षम मानिस आएनन्, यो त साह्रै खराब भयो भन्ने बहस चिया चमेनादेखि ककटेल डिनरसम्म सुन्न थालिएको पनि दशकौं भयो। इमानदार र योग्य मानिसहरु राजनीतिमा नहोमिने अनि सर्वआहारावादीहरुले खत्तम पारे भन्न पनि नछाड्ने हाम्रो बानी छ। यसरी त कसरी पो मुलुक बन्ला त भन्ने मान्यतालाई आत्मसात गरेरै मैले क्रियाशील राजनीतिमा हामफाल्ने […]

Read More

साविकका पाँच गाविस गाभेर बनाइएको लेकवेशी नगरपालिका सम्भावनाको खानी हुँदाहुँदै पनि विकासमा पछि परेको छ । यसको प्रमुख कारण हो, सडकको पहुँच नहुनु । साटाखानी, नेटा, कल्याण, दशरथपुर र लेखफर्सा गाविस मिलेर बनेको लेकवेशी नगरपालिकाका सबै वडाहरूमा न सडक सञ्जाल पुगेको छ, न सहजरूपमा स्वास्थ्य, शिक्षा र विद्युत सुविधा नै । कृषि र पशुपालनमा हिसाबले […]

Read More

हिजोसम्म महिलालाई सम्बोधन गर्दा हेप्नेहरुले यो स्थानीय चुनावपछि अब सम्मानजनक सम्बोधन गर्न थालेका छन् । महिलालाई तपाईँ भनेर सम्बोधन गर्दा अनि पहिले आफूले नमस्कार गर्दा अाफ्नो शाख गिरेको, इज्जत नै समाप्त भएको ठान्ने बुज्रुक पुरुषहरु आज त आफ्नो गाउँको विकास निर्माण कार्यको शुभारम्भमा उपस्थित भई समुद्घाटन गर्न भनेर निमन्त्रणा गर्न थालेका छन् । यहि नै हो […]

Read More

जेबी विश्वकर्मा नेपालमा महिला हिंसासँग सम्बन्धित विभिन्न घटना दैनिकजसो समाचारका रूपमा आइरहेका हुन्छन् । बेचबिखनमा परेका, बलात्कृत भएका, बोक्सीको आरोपमा यातना दिइएका र अन्तरजातीय विवाहका कारण महिलामाथि हुने हिंसा शृंङ्खलाबद्ध रूपमा बाहिर आइरहेका छन् । विगत केही वर्षदेखि राज्यको पुनर्संरचना, राजनीतिक—सामाजिक रूपान्तरण र संविधान निर्माणबारे तीव्र बहस चलिरहेको छ । महिला आन्दोलनले नयाँ संविधानमा महिला अधिकार […]

Read More

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुँदै छ, त्यसमा पनि नयाँ परिवेशबाट हुन लागेको यस निर्वाचनमा म एउटा नागरिकको हैसियतले मात्रै नभई निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतले निकै खुसी छ। म मात्रै खुसी छैन, आज सम्पूर्ण निजी क्षेत्र उत्साहित छ। हामीलाई थाहा छ, दुई दशकदेखि स्थानीय तहमा नेतृत्व नहुँदा अराजकता बढेको […]

Read More

प्रतिमा परियार दुई दशक पछि स्थानीय तहको निर्वाचन भयो । पहिलो चरण निर्वाचन सम्पन्न भएका तीन प्रदेशबाट पाँच हजार बढी महिलाहरु निर्वाचित भए । स्थानीय तहको निर्वाचनमा आरक्षणसहित खुला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिति बढेको छ । प्रमुख, उपप्रमुख, महिला सदस्य, दलित महिला सदस्य गरी पाँच हजार दुई सय ५३ महिला  निर्वाचित भए । त्यसैगरी गाउँपालिका […]

Read More

गत १७ जेठको राजधानी दैनिकमा एङ्कर समाचार छापियो महिला बस्ने पसलका पूजासामग्री अछुतो शीर्षकमा । एङ्कर समाचार पत्रिकाको महत्वपूर्ण  ठाउँ मान्ने गरिन्छ । बलराम प्यासीको बाइलाइनमा समाचार छापिएको थियो । पूजासामग्रीको पसलमा महिला बस्यो भने उनीहरू महिनावारी हुने भएकाले त्यहीबेला अछुतो भएको हुन सक्छ भनेर ग्राहकहरू जाँदैनन् भन्ने आशय थियो, त्यस समाचारको । केही महिनाअघि […]

Read More

चिकित्सा विज्ञानको अधिकतम प्रयोग र औषधिका माध्यमबाट अल्पायुमै ज्यान जाने जोखिम टारेर जीवनलाई लम्ब्याउने कोसिस गरिन्छ। तर, हाम्रा विकट बस्तीहरुको नियति फरक छ। सामान्य स्वास्थ्य समस्यालाई पन्छाउने उपाय र अवसर नपाउँदा कैयौँ जीवन अल्पायुमै बितिजान्छन्। यसै पनि हामी नेपालीको औसत आयु (लाइफ एस्पेक्टेन्सी) विकशित मुलुकमा भन्दा कम छ। त्यसमाथि अलि जटिल र आकस्मित सेवा चाहिने […]

Read More